रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडाैं | असार १६, २०८२

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौं:  रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार रिक्त स्थानमा कात्तिक १७ गते उपनिर्वाचन गर्न लागिएको छ ।


राप्रपाबाट निर्वाचित सांसद दीपक बोहोराका निधनपछि उक्त निर्वाचन क्षेत्र खाली रहेको छ । निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।  


२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित बोहोराको चैत १९ मा काठमाडौंमा निधन भएपछि सो पद रिक्त छ ।


कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको जानकारीअनुसार कात्तिक १७ गते सोमबारका लागि उपनिर्वाचनको मिति तय भएको छ ।

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्